FLASH NEWS

केपी शर्मा ओली कम्बोडिया प्रस्थान


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १२:२४ मा प्रकाशित ९६७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।


कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

टोलीमा अध्यक्ष ओलीसँगै उहाँका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । उनी यही साउन ८ गते स्वदेश फर्कने छन् ।