FLASH NEWS

नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ : कमल थापा


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार १३:२२ मा प्रकाशित १७६५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित विधेयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् ।


केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक–२०८० पारित भएसँगै अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सो बताएका हुन ।

‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उनले भनेका छन, ‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’

प्रतिनिधिसभाको पछिल्लो बैठकबाट उक्त विधेयक पारित भएपछि सर्वत्र आलोचना भइरहेको छ ।