FLASH NEWS

भद्रकुमारी घले सदन नभत्काउन उच्च अदालतको आदेश


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार २०:४६ मा प्रकाशित ११२९ पाठक संख्या

काठमाडौं –  काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।


सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले बुधबार नै केही संरचना भत्काइसकेको छ । बाँकी संरचना पनि भत्काउने बताउँदै आएको छ ।

महानगरपालिकाले सूचना जारी गरेलगत्तै अदालतमा महानगरको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट परेको थियो ।

अदालतका न्यायाधिस श्यामजी प्रधानको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

भवनमा आश्रम संचालन भइरहेको र त्यहाँ असहाय तथा अशक्त वृद्धवृद्धा बस्दै आएका थिए।