FLASH NEWS

एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार २१:०९ मा प्रकाशित १७७७ पाठक संख्या

काठमाडौं – नेपालले एसिया कपमा पहिलो खेल घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको छ। एसिया कपको उद्धघाटन खेल नै नेपाल र पाकिस्तानबीच हुने तालिका सार्वजनिक भएको हो।


नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ गते पाकिस्तानको मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल भारतसँग भिड्न श्रीलंका जानुपर्ने छ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौ १८ मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म हुनेछन् । सुपर फोरको एक खेल मात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।तर भारत रहेको समूहको खेल भने पाकिस्तानमा हुने छैन। सुपर फोरमा शीर्ष दुईमा रहने दुई टोली १७ सेप्टेम्बरमा फाइनलमा भिड्नेछन् ।

भारतले पाकिस्तान जान अस्वीकार गरेपछि अधिकांस खेल श्रीलंकामा गर्ने तालिका सार्वजनिक भएको हो।