FLASH NEWS

राप्रपाले ९ सय नेतालाई तोक्यो भूगोलको जिम्मेवारी,को कहाँ खटिने ? (सूचीसहित)


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार १३:२३ मा प्रकाशित १०३३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विस्तारका लागि केन्द्रदेखि जिल्ला तहका ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले समेत भूगोलको जिम्मेवारी लिएका छन् ।


देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको हो ।

जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ ।

उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह-संयोजकहरुले गर्नेछन् ।

राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको छ ।

जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् । तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेश गर्नुपर्ने छ । ६ महिनापछि भूगोलको जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको छ ।

को कहाँ खटिने ?

राप्रपाका तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन । बाँकी सबैले जिम्मेवारी पाएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं १ पाएका छन्, जुन उनले चुनाव लडेको क्षेत्र पनि हो ।

यस्तै, डा. धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर, मोहन श्रेष्ठले गोरखा (भीमसेन, सहिद र लखन), ज्ञानेन्द्र शाहीले जुम्ला (तातोपानी, चन्दननाथ), रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाएका छन् ।

हेर्नुस पूरा सूची :