FLASH NEWS

सुन तस्करी प्रकरणः भन्सार गोदाममा रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ शंकास्पद कार्टुन फेला


नेपाल आवाज ४ श्रावण २०८०, बिहीबार २०:१६ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडौं – रेडी ट्रेडर्सले नै आयात गरेका थप ६ शंकास्पद कार्टुन विमानस्थल भन्सार गोदाममा फेला परेको छ ।


दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशसहितको टोलीले  साँझ ती कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र पनि सुन नै हुन सक्ने आशङ्का विभागको छ ।

ती कार्टुनहरूलाई अहिले सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको एक अधिकृतले जानकारी दिए ।

विमानस्थल भन्सारमा खटिएका एक अधिकृतले भने, ‘रेडी ट्रेटर्सबाटै आयात भएका ६ वटा कार्टुनलाई राजस्व अनुसन्धान विभागमा पठाउँदै छौं । उता नै खोलेपछि ती वस्तुबारे थाहा हुन्छ ।’