FLASH NEWS

अवैध सुन प्रकरण: भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १२:२८ मा प्रकाशित १६२१ पाठक संख्या

काठमाडौं –  करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।


भन्सारका जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

क्याथे प्यासिफिक एयरलाइन्सबाट काठमाडौं आएको सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ ।