FLASH NEWS

राप्रपा प्रवक्ता भन्छन् – ‘हिन्दु धर्ममाथि भ्रम पैदा गर्ने हर्क साम्पाङको हर्कत अशोभनीय छ’


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १४:३८ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता मोहन कुमार श्रेष्ठले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको व्यवहार अशोभनीय भएको बताएका छन् ।


मेयर साम्पाङले हिन्दुहरू प्रति निरन्तर तुच्छ गालीको भाषा बोलेर सनातन धर्म संस्कृति प्रति भ्रम पैदा गरेको बताएका हुन् ।

मन्दिर नजिकै चर्च बनेको विषयमा आन्दोलनरत हिन्दु धर्मावलम्बी विरुद्ध साम्पाङले चेतावनी दिँदै आएका छन् । शालीन प्रतिवाद गरिरहेका स्थानीयमाथि हर्क साम्पाङको हर्कतहरु अशोभनीय र खेदजनक रहेको प्रवक्ता श्रेष्ठले टिप्पणी गरेका छन् ।

सामाजिक सद्भाव खलबल्याउने, जातीय विद्वेष पैदा गर्ने प्रायोजित काम साम्पाङले अविलम्ब बन्द गर्नुपर्ने बताए ।

पार्टी प्यालेस बनाउने प्रयोजनमा अनुमति लिएर चर्च बनाएको विषय धरानमा विवादित बनेको छ । साम्पाङले धार्मिक समुदाय बिचमा समन्वय गर्नुको सट्टा हिन्दु धर्म विरुद्ध सामाजिक सञ्जालमा प्रतिवाद गरिरहेका छन् ।