FLASH NEWS

प्रधानमन्त्रीको सुशासन सल्लाहकार हौं भन्दै ठगी गर्ने दुई जना पक्राउ


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २१:३४ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन‍।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा काठमाडौ‌ंको नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन्। उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो।

राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।