FLASH NEWS

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु, तीन जना घाइते


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार ०९:५५ मा प्रकाशित १२२५ पाठक संख्या

बैतडी – बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका- २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।


अन्जुका देवर १७ वर्षीय  गोब्बर जागरी उनका सासुआमा ४५ वर्षीया रायमति जागरी र छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् । स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए ।