FLASH NEWS

प्रधानमन्त्री दाहाल र आइएफएडी प्रमुखबीच भेटवार्ता


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १८:३५ मा प्रकाशित १०६३ पाठक संख्या

काठमाडौं – इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् ।


भेटवार्तामा उनीहरुबीच आइएफएडी र नेपालबीचको सम्बन्ध, आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा भएको थियो। नेपालका कृषि क्षेत्रमा आइएफएडीको सहयोगमा विभिन्न परियोजना सञ्चालित छन् ।

आइएफएडीले विकासशील मुलुकमा गरिबी निवारण र भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको विकासमा वित्तीय सहयोग गर्दै आएको छ । नेपाल आइएफएडीको सदस्य मुलुक हो। सन् १९७८ मा नेपाल आइएफएडीको सदस्य बनेको थियो ।