FLASH NEWS

सुदूरपश्चिम सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिको निर्णय


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १९:३९ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।


नागरिक उन्मुक्तिले सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथको लागि पुगेका रामेश्वर चौधरी र राज्यमन्त्रीको शपथको लागि पुगेका कैलाश चौधरीलाई फिर्ता बोलाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले भनेकी छन्,’नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं।’

यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो। तर पूर्वसहमतिअनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर जानकारी गराएको हो ।

यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री शाहबीच भएको भेटवार्तामा सात दिनभित्र सरकारमा सहभागी हुने सहमति भएको थियो। तर सहमति कार्यान्वयनमा नआउँदा नागरिक उन्मुक्ति सरकारमा सहभागी हुन सकेको छैन।