आज: | Wed, 06, Dec, 2023
FLASH NEWS

ससुराली बस्दै आएका श्रीमानले गरे श्रीमतीको हत्या


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १२:३८ मा प्रकाशित ७८७ पाठक संख्या

बारा- सिम्रौनगढस्थित ससुराली घरमा बस्दै आएका एक भारतीय युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

सिम्रौनगढ नगरपालिका-६ स्थित ससुराली आएका भारतीय युवक अमिमुल अन्सारीले आफ्नी श्रीमती अश्मिना खातुनको हत्या गरेका हुन्।

बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका छन्।

स्थानीय जाहिर चुडीहारका ज्वाँइ भारत बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडीहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए।

राज चुडीहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएका छन्।  श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन्।

श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले जानकारी दिए। मृतकका दुई छोरा र एक छोरी छन्।