FLASH NEWS

ठमेलमा क्लबका सञ्चालकमाथि कुटपिटमा संलग्न ७ जना धरौटीमा रिहा


नेपाल आवाज १० श्रावण २०८०, बुधबार १५:१३ मा प्रकाशित ११४७ पाठक संख्या

काठमाडौं – ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।


काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनिहरुसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ ।

पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।