FLASH NEWS

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्— राष्ट्रिय सभाको काम छैन, खारेज गरौँ


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार १८:१२ मा प्रकाशित १२९१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।


कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्दै सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै उनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘जनप्रतिनिधिको संख्या कटौती गर्नुपर्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन । औचित्य छैन । राष्ट्रिय सभा खारेज र प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ ।’

अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा विरोध गर्ने चेतावनी दिए ।