FLASH NEWS

गृहमन्त्री श्रेष्ठ भन्छन् – कसैले राजीनामा माग्दैमा हामी छाड्नेवाला छैनौं


नेपाल आवाज ११ श्रावण २०८०, बिहीबार २२:२९ मा प्रकाशित १४११ पाठक संख्या

महोत्तरी –  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपक्षीले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।


बिहीबार महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले भ्रष्टाचारविरुद्ध सरकारले काम गरिरहेकाले राजीनामा मागिएको र कसैले माग्दैमा आफूले पद नछाड्ने बताए ।

अहिलेको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि एक सूत्रीय कार्यक्रम बनाएको भन्दै उनले यस्ता कदमले विश्राम नलिने बताए ।

उनले मुलकका जनतालाई सुशासनको अनुभूति दिन भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त ढंगले अघि बढाइने प्रतिबद्धता जनाए ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको पनि संलग्नता रहेको भन्दै राजिनामा माग्दै संसदसमेत अवरोध गरेको थियो ।