FLASH NEWS

चालकसहित कालीगण्डकीमा खसेकाे गाडी बेपत्ता, खोजी जारी


नेपाल आवाज १२ श्रावण २०८०, शुक्रबार २२:३४ मा प्रकाशित १४१७ पाठक संख्या

म्याग्दी –  बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ ।


अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग२च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो ।

सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । ‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ’,उनले भने,‘जीप र चालकको अवस्था अज्ञात छ ।’

प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन् । सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुर्‍याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो । तीन बजेपछि सम्पर्क नभएको उनले बताए ।