FLASH NEWS

धादिङमा गाँजासहित एक महिला पक्राउ


नेपाल आवाज १३ श्रावण २०८०, शनिबार २०:२९ मा प्रकाशित १४२९ पाठक संख्या

खानीखोला – धादिङमा गाँजासहित प्रहरीले महिलालाई पक्राउ गरेको छ । शनिबार बिहान साढे ९ बजे थाक्रे गाउँपालिका २ बाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको हो ।


मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३१ वर्षीय सर्मिला मगरबाट १९५० ग्राम गाँजा (पोल्यान्ड) बरामद भएको हो । मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा चेक जाँच गर्दा १९५० ग्राम गाँजा फेला परेको हो ।

उक्त बसमा सवार मगरको झोला प्रहरीले चेक गरेको थियो । त्यसमा टेपले बेरेको दुई वटा पोका बरामद भएको थियो ।

उक्त पोका हेर्दा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्र.नि.डबल बहादुर बमले जानकारी दिए ।

उनीमाथि प्रहरीले थप अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।