FLASH NEWS

मेयर हर्क साम्पाङलाई बधाई दिन धरान पुगे बाबुराम


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १७:०६ मा प्रकाशित १२०७ पाठक संख्या

धरान – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।


मेयर साम्पाङलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका पुगेको हुन्।

सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै भट्टराईले भनेका छन्, ‘धरानका मेयर हर्क साम्पाङलाई शुभकामना र बधाई ।’

भेटवार्तामा पूर्व प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।