FLASH NEWS

धादिङको थाक्रेमा ३ वटा ट्रक ठोक्किँदा ३ जना घाइते


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १०:५० मा प्रकाशित १२४९ पाठक संख्या

मलेखु – धादिङमा तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक गएराति १०ः४० बजे तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् ।


काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ७ ख ७८१८ नम्बरको ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा लु २ ख २५०५ नं.को ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ बस्ने ३५ वर्षीय बिमल थापा र सहचालक २५ वर्षीय सुमन थारु तथा भारतीय नम्बरको ट्रक चालक राजस्थान बस्ने ४७ वर्षीय गिरिराज प्रसाद शर्मा घाइते भएका छन् ।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका ट्रक चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ । तीनै जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । दुर्घटनामा सकुशल रहेका ना ७ ख ७८१८ नम्बरको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुघएटनापछि अवरुद्ध भएको सडक गएराति करिब १ बजेदेखि एकतर्फी खुलाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।