FLASH NEWS

राजेन्द्र लिङ्देनको टिप्पणी – अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ


नेपाल आवाज २० श्रावण २०८०, शनिबार १८:५७ मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् ।


शनिबार काठमाडौंको ईन्द्रायणी व्यांकैटमा आयोजित एक कार्यक्रममा उनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका हुन् । काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको भन्दै उनले राप्रपामा पनि परिर्वतन जरुरी रहेको बताए ।

लिङ्देनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छ्रैन् । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होईन देशलाई दुर्घट्नामा लान्छ । त्यसकारण त्यो परिवर्तन जरुरी छ भन्ने त्यो अर्को पाटो हो राप्रपा पार्टी ।’

तीन तहको सरकार चाहिँदैन हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्ने राप्रपा बाहेक अरु कुनै पार्टी  नभएको उनको भनाई छ । लिङ्देनले भने ‘त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अरु पार्टीको नेता जस्तो भ्रष्ट हुने सुविधा छैन् अरु नेता जस्तो १० गेट बनाएर दलाली गर्ने छुट पनि छैन् ।’ उनले आफूले आफ्नै देशका अस्पतालमा उपचार हुन नसकेपनि देशको पैसा खर्च गरेर विदेशमा गएर उपचार नगर्ने उद्घोष गरे ।