FLASH NEWS

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु


नेपाल आवाज २१ श्रावण २०८०, आईतवार ११:२५ मा प्रकाशित १६३३ पाठक संख्या

काठमाडौं – काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।


प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ मा गए राति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिँदा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उहाँका अनुसार  शनिवार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।

सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनका छोराभने सकुशल रहेको प्रहरीले जनाएको छ ।