FLASH NEWS

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार २१:११ मा प्रकाशित १७३५ पाठक संख्या

काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आपत्‌कालीन उद्धार सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ ।


सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।

भौतिक यातायात तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईं र जापानिज राजदूतको उपस्थितिमा २ हजार ५५७ मिटर रेस्क्यु सुरुङको ब्रेक थ्रु भएको छ ।

कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो।

यो सुरुङको २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको थियो। २.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ।

२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ।