FLASH NEWS

गृहमन्त्रीले उच्चस्तरिय समिति बनाउने प्रतिबद्धता नगरे एमालेले सदन चल्न दिँदैन : बर्तौला


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार १४:०० मा प्रकाशित १२८५ पाठक संख्या

काठमाडौं – नेकपा एमालेले सत्ता पक्ष आफ्नो अडानबाट पछाडि नहटेको बताएको छ। एमालेले सुनकाण्डबारे छानबिन गर्न उच्चस्तरिय छानबिन समिति बनाउन माग गर्दा तयार नभएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।


संसद गतिरोध अन्त्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख सचेतकहरु छलफलमा सहभागी भएका थिए।

बर्तौलाले आज ३ बजे बस्ने बैठकमा सांसदले आफ्ना कुरा राख्ने जानकारी दिए। उनले भने,‘मुख्य तीन दलका शीर्ष नेता बसेको बैठक बिना निष्कर्ष सकिएको छ।’ उनले भने, ‘एमालेले संसदमा गृहमन्त्रीलाई आउनै दिएन भन्ने भ्रम पारेकाले सदन चलाउन दिने र उचित जवाफ नदिए पुन आफ्ना कुरा राख्ने छौं। उच्चस्तरिय छानबिन समितिको मागबाट पछाडि हटेका छैनौं । सरकारले तस्करको संरक्षण गर्न सरकार लागेको छ। समिति गठन नभएसम्म सदन चल्न दिँदैनौं।’

उनले अहिले हरेक काण्डमा सत्ता पक्षकै मान्छे संलग्न भएकाले अनुसन्धान गर्न सरकार डराएको उल्लेख गरे।