FLASH NEWS

नेपाल सरकारले प्रदान गरेका पद फिर्ता गर्ने महाविर पुनको घोषणा


नेपाल आवाज २३ श्रावण २०८०, मंगलवार २२:४४ मा प्रकाशित १५५५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले नेपाल सरकारले प्रदान गरेका पदहरु फिर्ता गर्ने घोषणा गरेका छन् ।


मंगलबार गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएपछि पुनले सरकारलाई नै फिर्ता दिने घोषणा गरेका हुन् ।

उनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिए । पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो ।

त्यसपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्,’गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’

तर पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने बताए ।