FLASH NEWS

सेयर बजार २८.१८ अंकले घट्यो


नेपाल आवाज १२ कार्तिक २०८०, आईतवार १८:३१ मा प्रकाशित १००३ पाठक संख्या

दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो ।यसदिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा पुगेर बन्द भएको छ । २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।


कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहँदा कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरमा नकारात्मक सकिर्ट लगेको छ ।