FLASH NEWS

बारामा प्रधानाध्यापकमाथि गोली प्रहार


नेपाल आवाज १३ कार्तिक २०८०, सोमबार १८:१६ मा प्रकाशित १२६७ पाठक संख्या

बाराको कलैयामा अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ ।अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।