FLASH NEWS

कपिलवस्तुको शिवराज नगरमा पृथ्वीनारायणको सालिक अनावरण गर्दै पूर्वराजा


नेपाल आवाज २ पुष २०८०, सोमबार २१:४६ मा प्रकाशित २१३७ पाठक संख्या

काठमाडौँ – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको सालिक निर्माण भएको छ। उक्त सालिकको पूर्वराजा ज्ञानेन्द्र शाहले यही पुस १४ गते अनावरण गर्ने भएका छन्।


शिवराज नगरपालिकाका अजय थापाको अगुवाइमा सालिक निर्माण भएको हो। पूर्वराजा शाहबाट नै अनावरण गर्ने तय भएको नगरपालिकाले जनाएको छ।

यता पूर्वराजाको संवाद सचिवालयले आगामी हप्ता उनको पश्चिम नेपालमा भ्रमण हुनलागेको विज्ञप्तिमार्फत जनाइसकेको छ।

यो पनि पढ्नुहोस् : आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाँदै