FLASH NEWS

प्रधानमन्त्री दाहाल भन्छन्- एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक छ


नेपाल आवाज ३ पुष २०८०, मंगलवार १५:२९ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक रहेको बताएका छन्।


मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्।

उनले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाए।

उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे।