FLASH NEWS

पर्यटनमन्त्री किराँतीलाई राप्रपा सांसद राणाको चेतावनी


नेपाल आवाज ५ पुष २०८०, बिहीबार १२:५३ मा प्रकाशित १६९३ पाठक संख्या

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई राप्रपा सांसद धवलशमशेर राणाले चेतावनी दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने बताए।


समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहेका राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।

“यस (विवादास्पद अभिव्यक्ति)को रियाक्सन ठूलो हुन्छ,” उनले बैठकमा भने, “यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।” बुधबार मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्’  भन्दै दिएकाे अभिव्यक्तिप्रति तीब्र आलोचना भइरहेको छ।