FLASH NEWS

जाजरकोट भुकम्पपीडितका ३० अनाथ बालबालिकालाई मामाघर आश्रमले जिम्मा लियो


नेपाल आवाज ११ माघ २०८०, बिहीबार १५:४५ मा प्रकाशित ३५४१ पाठक संख्या

काठमाडौं, ११ माघ ।  जाजरकोटका भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् ।


श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाइ जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको ब्यवस्था मिलाएका हुन । मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरमा उनीहरुलाई राखिएको छ ।

सो आश्रममा अहिले २० जना बालक र १० जना बालिका गरि ३० जनालाई जाजरकोटबाट ल्याईएको छ।

ती मध्ये अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । बालबालिकालाई निशुल्क गाँसबास , शिक्षा तथा स्वास्थ्य लगायत सम्पूर्ण जिम्मा आश्रमले लिएको छ ।