FLASH NEWS

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन


नेपाल आवाज १६ माघ २०८०, मंगलवार १३:१० मा प्रकाशित ५४१ पाठक संख्या

काठमाडौं – पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयघातबाट निधन भएको छ । मङ्गलवार बिहान ९ बजे घरमा बसिरहेका बेला समस्या आएपछि उनलाई नेशनल हस्पिटल कलंकी पु¥याइएको थियो ।


तर, उनको बिहान १० बजे उपचारका क्रममा निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए । लामो समय जिल्ला न्यायाधीश रहेका ५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।