FLASH NEWS

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताः नेपालय पब्लिकको जित


नेपाल आवाज २४ माघ २०८०, बुधबार २०:२० मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौँ — काठमाडौँको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार सम्पन्न खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र जेम्स स्कूल धापाखेलले बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट समान १-१ भएपछि खेल बराबरीमा सकिएको हो ।


खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका तर्फबाट प्रत्युष हमालले गोल गरेका थिए भने जेम्स स्कूलका लागि जोयल लामाले गोल गरेका थिए । जेम्सका आशिष पाण्डे खेलको म्यान अफ दि म्याच चुनिए ।

बुधबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा नेपालय पब्लिक इंग्लिश स्कूल, जोरपाटीले हारती शिक्षा मन्दिर सितापाईलालाई ५-० गोल अन्तरले पराजित गर्यो । नेपालयका लागि सन्देश गौडेल र रणविर तामाङले समान २-२ गोल गरेका थिए हारती शिक्षा मन्दिरले १ गोल उपहार दिएको थियो । खेलमा नेपालयका चेङ्गा लामा उत्कृष्ठ घोषित भए ।

प्रतियोगिता अन्तर्गत बिहीबार ग्रिन भिलेज सेकेण्डरी स्कूल कीर्तिपुरले लिटिल एन्जल्स स्कूल, हात्तिवन ललितपुरको सामना गर्दा नेपाल पुलिस स्कूल साँगाले काव्या स्कूल, बुद्धनगर काठमाण्डौको सामना गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ।

५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।