FLASH NEWS

राई स्कुल,ब्राइट होराइजन र एपीएफ स्कुलको जित


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार १९:१६ मा प्रकाशित २३०५ पाठक संख्या

काठमाडौँ – काठमाडौँको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कूलमा जारी अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरिक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता २०८० अन्तर्गत शुक्रबार लिग चरणका खेलमा नक्सालको राई स्कुल, मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम र कीर्तिपुरको नेपाल एपीएफ स्कुल (ए) विजयी भएका छन्।


सोहन श्रेष्ठको गोलमा राई स्कुलले सितापाइलाको हारती शिक्षा मन्दिरलाई १-० ले हरायो। राई‌ स्कुलका आर्यनजंग थापा म्यान अफ दि म्याच घोषित भए।

जोतिषबहादुर शाहीले ४ गोल गरेको‌ खेलमा ब्राइट होराइजनले कलंकीको नेपालय हाइयर सेकेण्डरी स्कुललाई ८-० ले पराजित गरेको छ । विजयी टोलीका चक्र मन्याल २, विनोद गुरुङ र प्रभाष शाहीले समान १ गोल गरे। विजयी स्कुलका चक्र मन्याल म्यान अफ दि म्याच चुनिए।

तेस्रो खेलमा एपिएफले चोभारको मोर्डन इन्डियन स्कुललाई ३-० ले हरायो । एपिएफका तेन्जिङ शेर्पा-२ र रोहित गोलले १ गोल गरे । तेन्जिङ म्यान अफ दि म्याच चुनिए।

उनीहरूलाई एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईं, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेल र टीम व्यवस्थापक सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश खड्काले ट्रफी प्रदान गरे ।

प्रतियोगितामा शनिबार सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी र ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर , पुष्पसदन स्कुल र लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर तथा राई स्कुल नक्साल र नेपालय पब्लिक ईङ्गलिस स्कुल जोरपाटीबीचको खेल हुनेछ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ। ५० हजार पुरस्कार राशी रहेको प्रतियोगिता आगामी फागुन ८ गतेसम्म जारी रहनेछ ।