FLASH NEWS

एसपी मोहन थापा गण्डकीको उत्कृष्ट प्रहरी घोषित


नेपाल आवाज ५ फाल्गुन २०८०, शनिबार ०९:३६ मा प्रकाशित ९०१ पाठक संख्या

काठमाडौं–जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको थियो ।
एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले कार्यभार सम्हालेदेखि कास्कीको शान्ति सुरक्षाथ प मजबुत भएको र अपराध अनुसन्धानमा पनि धेरै सफलता प्राप्त गरेको भन्दै प्रदेश सरकारले एसपी थापालाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
एसपी थापाले सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको हो ।
त्यसैगरी शान्ति सुरक्षा कायम राख्न अन्य प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको छ । एसएसपी अरुण पौडेल, डीएसपी भोजराज पाण्डेय पनि पुरस्कृत भएका छन् । सशस्त्र प्रहरी बल नेपालतर्फबाट डीएसपी रवीन अधिकारी, हवल्दार रवीन्द्र थापा र जवान माधव भुसाल पुरस्कृत भएका छन् ।
शान्तिसुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुवेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल, सिपाही उमेश बानियाँ पुरस्कृत भएका छन् ।