FLASH NEWS

प्राप्त उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्छः गगन थापा


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार १३:४० मा प्रकाशित ५८९ पाठक संख्या

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् ।


शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताए ।

उनले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । महामन्त्री थापाले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए ।

उनले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छाँै । हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ । यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पु¥याउनुपर्ने हुन्छ । गर्नुपर्छ, हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी ? भन्नेकुरामा छलफल गर्नुपर्छ । राजनीतिक पार्टीहरु हुनुपर्छ ।’

महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताए ।