FLASH NEWS

प्रधानसेनापतिले गरे अभ्यास शान्ति प्रयास–४ को अवलोकन


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार १८:५० मा प्रकाशित १११७ पाठक संख्या

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुर्राष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को अवलोकन गरेका छन् ।


सो अवसरमा प्रधानसेनापतिले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय सैनिक प्रशिक्षण र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासको अवलोकनका साथै अभ्यासमा सहभागी सैनिकसँग अन्तरक्रिया गरे ।

अमेरिकी ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग तथा नेपाली र अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ गतेदेखि सुरु अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ सैनिक सहभागी छन् ।
अभ्यास यही फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।