FLASH NEWS

प्रहरी श्रीमती संघ र अल्का अस्पताल बिच विशेष छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर


नेपाल आवाज १२ फाल्गुन २०८०, शनिबार १९:१० मा प्रकाशित ९४३ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरी श्रीमती संघ र अल्का अस्पताल प्रा. लि. जावलाखेलबीच नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको तर्फबाट अध्यक्ष श्रीमती लक्ष्मी कुँवर र अल्का अस्पताल प्रा. लि. जावलाखेलको तर्फबाट कार्यकारी अध्यक्ष तलक बहादुर पुवार थापाको दस्तखतमा नेपाल प्रहरीमा कार्यरत वहालवाला प्रहरी तथा परिवार, पूर्व प्रहरी तथा परिवार र अमर प्रहरी परिवार, अशक्त/अपाङ्ग (फरक क्षमता भएका), गरिब तथा लोपउन्मुख प्रहरी परिवारका सदस्यहरुलाई अल्का अस्पताल प्रा. लि. जावलाखेलमा उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डिआईजी पोषराज पोखरेलको सक्रियतामा यो सम्झौता गरी आज एक कार्यक्रमका बिच उक्त सम्झौता-पत्र आदान-प्रदान (हस्तान्तरण) गरिएको हो ।

उक्त सम्झौता-पत्र आदान-प्रदान (हस्तान्तरण) कार्यक्रममा यस संघका अक्ष्यक्ष श्रीमती लक्ष्मी कुँवर, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेल, अल्का अस्पतालका अध्यक्ष तलक बहादुर पुवार थापा, संघका महासचिव श्रीमती अनुश्री पाख्रीन, कार्यक्रम सचिव सन्ध्या जोशी, प्रशासन सचिव अजिता देवकोटा बास्तोला, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी, सदस्य प्रेक्ष्यमा गोंगल, सदस्य राधा खतिवडा पोखरेल, सदस्य अरिना राई र प्रहरी निरीक्षक ( इन्स्पेक्टर) राजन प्रसाद काफ्लेको उपस्थिती रहेको थियो ।