FLASH NEWS

प्रहरीबाट कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् : गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज १३ फाल्गुन २०८०, आईतवार १५:४६ मा प्रकाशित ६६१ पाठक संख्या

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार निर्मूल आवश्यक भएको बताएका छन् । ​शनिबार सप्तरीको खड्क नगरपालिकास्थित कल्याणपुरमा खड्क बहुमुखी क्याम्पस भवनको उद्घाटन तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विकास र समृद्धिको प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।


प्रहरी जनताको सेवाका निम्ति रहेकाले जनताको सुखदुःख र पीडामा उनीहरुलाई साथ दिनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री श्रेष्ठले भने, ‘प्रहरी प्रशासन जनताको सेवाका निम्ति हुनुपर्छ, हामीले कडाइपूर्वक निर्देशन दिएका छौँ । कहीँ कतै समस्या देख्नुभएको छ भने खबर गर्नुस् ।’

उनले सबै मिटरब्याजपीडितलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘मिटरब्याजपीडितको समस्या समस्या समाधान हुन्छ, यसका लागि हामीले कानून बनाएका छौँ। आयोग गठन गरी काम पनि गरिरहेका छौँ। सबै पीडितले न्याय पाउनुहुन्छ,’ उनले ।