FLASH NEWS

उपरथीमा पदोन्नति भएका श्रेष्ठ, थापा र देउजाले पाए दर्ज्यानी चिन्ह


नेपाल आवाज १३ फाल्गुन २०८०, आईतवार २०:१४ मा प्रकाशित १९९३ पाठक संख्या

काठमाडौं –  प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा र प्रकाश देउजालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।


आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

पदोन्नतिसँगै उपरथी श्रेष्ठ मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजक र उपरथी देउजा संभाररथी विभागमा नियुक्त भएका छन् ।

उनीहरू सरकारको यही फागुन ६ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन्।