FLASH NEWS

संसद् भवनभित्रै प्रदर्शन गर्ने ४९ लघुवित्त पीडित पक्राउ


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १६:४८ मा प्रकाशित ७०३ पाठक संख्या

काठमाडौं – निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।


संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

आइतबार सिफलमा थाल ठटाएर प्रदर्शन गरेका उनीहरू सोमबार नयाँबानेश्वरको संसद् भवन प्रवेश गरेका हुन् ।

माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूले बताउँदै आएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पनि लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।