FLASH NEWS

बालकुमारी घटना : प्रतिवेदन अध्ययन र सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी


नेपाल आवाज १४ फाल्गुन २०८०, सोमबार १९:३७ मा प्रकाशित ६९१ पाठक संख्या

काठमाडौं – बालकुमारी घटनाको प्रतिवेदनलाई अध्ययन गरी सरकारलाई आवश्यक सिफारिस गर्न दुई सदस्यीय समिति गठन गरिएको छ ।


सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन अध्ययन गरी फागुन २० गतेभित्र सिफारिस गर्न ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत र कानुन मन्त्री धनराज गुरूङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

गत पुसमा बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

सो घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने भन्दै आवाज उठिरहेका छन् ।