FLASH NEWS

मिटरब्याज पीडितसँग वार्ता गर्ने समितिका संयोजक फेरियो


नेपाल आवाज १६ फाल्गुन २०८०, बुधबार १५:४१ मा प्रकाशित ६७३ पाठक संख्या

काठमाडौं – सरकारले मिटरब्याज पीडितसँग संवाद गर्न बनाएको वार्ता टोलीका संयोजक परिवर्तन गरेको छ । गृह मन्त्रालयले पीडितसँग वार्ता गर्ने जिम्मा मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराईलाई दिएको हो ।


यसअघि मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको थियो । तर, उनलाई मन्त्रालयले प्रशासन महाशाखाको जिम्मा दिएको छ । यससँगै वार्ता समितिको संयोजक भट्टराईलाई बनाइएको हो । अब सहसचिव भट्टराईले सरकारी वार्ता टोलीको नेतृत्व गर्ने भएका छन् ।

रुद्रप्रसाद पण्डित नेतृत्वको वार्ता समितिले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेका थिए । तर, प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो ।

सरकारसँगको वार्तामा पीडित पक्षको नेतृत्व मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले गरेका छन् । मिटरब्याज पीडितले प्रदर्शन जारी रोखका छन् ।