FLASH NEWS

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल पराजित


नेपाल आवाज २२ फाल्गुन २०८०, मंगलवार १८:०७ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं – नेपालले आयोजना गरेको त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपाललाई हराउँदै नेदरल्याण्ड्सले उपाधि आफ्नो बनाएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।


१८५ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले ६ विकेट गुमाउँदै १९ दशलव ३ ओभरमा उक्त लक्ष्य पूरा गर्‍यो । नेपालका लागि कुशल मल्ल एक्लैले चार विकेट लिए । दीपेन्द्रसिंह ऐरी र अभिनास बोहोराले एक-एक विकेट लिए । नेदरल्याण्ड्सका लागि माइकल लेविटले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै साइब्रान्ड ब्रच्टले ४८, विक्रमजित सिंहले २९, म्याक्स वडुटले २२ तथा टीम भानडेर गुटेनले २१ रनको योगदान दिए । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४७ रनको योगदान दिए । यस्तै गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५ र कुशल भुर्तेलले २० रन जोडे ।

करण केसीले ९ रन जोड्दा सोमपाल कामी र प्रतीश जिसीले नटआउट ६-६ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १ रन तथा आरिफ शेख शून्य रनमै आउट भए । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एंगलब्रेच्ट, माइकल लेविट, टीम भानडर गुटेन र क्लासनले समान २-२ विकेट लिए ।