FLASH NEWS

पशुपतिमा शिवरात्रीभर सशस्त्र प्रहरीको २४ सै घन्टा स्वास्थ्य सेवा


नेपाल आवाज २४ फाल्गुन २०८०, बिहीबार १८:३० मा प्रकाशित ११०५ पाठक संख्या

काठमाडौं – शिवरात्रीको अवसरमा भक्तजनहरुको सुविधका लागि भन्दै सशस्त्र प्रहरी बलले पशुपतिनाथ मन्दिर परिसरमा २४सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने थालेको छ ।


बिहीबार बिहान १० बजे हेल्थडेक्स स्थापना गरि सेवा प्रदान सुरु गरेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उनका अनुसार यो सेवा शनिबार बिहान ६ बजेसम्म कायम रहने छ ।

भक्तजनहरुको सुविधालाई ध्यानमा राखी डाक्टर सहितको एम्बुलेन्स समेत पशुपतिनाथ मन्दिर परिसरमा तयारी अवस्थामा राखिएको छ ।

भक्तजनलाई सामान्य स्वास्थ्य समस्या भएमा त्यहीँ नै उपचार गरिने छ भने थप उपचार चाहिएमा एम्बुलेन्समार्फत नेपाल एपीएफ अस्पताल बलम्बु लगिने थापाले बताए ।

फागुन २६ गतेसम्म सुरक्षार्थ पशुपति मन्दिर परिसरमा १ हजार ३०० बढी सशस्त्र प्रहरी बलको फौज तैनाथ रहने पनि सहप्रवक्ता थापाले बताए ।