FLASH NEWS

भिजिट भिसामा यूएई जान लागेका ३ जना महिला विमानस्थलबाट फिर्ता,एजेन्ट नियन्त्रणमा


नेपाल आवाज २५ फाल्गुन २०८०, शुक्रबार १६:१८ मा प्रकाशित १०३३ पाठक संख्या

काठमाडौं – भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो ।

त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए ।

एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए । उनीहरुले बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका थिए ।

पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको एसएसपी शर्माले बताए ।