FLASH NEWS

राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा


नेपाल आवाज २९ फाल्गुन २०८०, मंगलवार ०७:४९ मा प्रकाशित ४९३ पाठक संख्या

काठमाडौं -राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।


निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले र नेपाली कांग्रेसकाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का जस्तै छ । दाहाल नातामा प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।