FLASH NEWS

धादिङमा लागूऔषध चरेश सहित २ जना पक्राउ


नेपाल आवाज २९ फाल्गुन २०८०, मंगलवार २०:५८ मा प्रकाशित ४३९ पाठक संख्या

धादिङ –  थाक्रे गाउँपालिका–२ महादेववेशी स्थित आग्रा मनहरी सडक खण्डबाट अवैध लागूऔषध चरेश ९ के.जी.५०० ग्राम सहित दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका  वडा नं.८ आग्रा बस्ने वर्ष २२ को नारायण दमाई र सोही स्थान बस्ने वर्ष ३८ को राजेन्द्र दमाई रहेका छन्।

प्रहरी चौकी महादेववेशी धादिङबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट धादिङको महादेववेशीतर्फ आउँदै गरेको ना ४ ख ४८३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।

उनीहरुलाई शरीरमा लगाउने खल्ती भएको कपडाको भोटो भित्र लुकाई छिपाई राखेको बिस्कुट आकारको १९ वटा पिस तौल ९ के.जी.५०० ग्रामको उक्त पदार्थसहित फेला पारेको हो ।

पक्राउ परेकाहरु माथी अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।