FLASH NEWS

संसदमा प्रेम सुवालको प्रश्न , ” सुन तस्करमा संलग्न अर्थमन्त्रीबारेको समाचार के हो ? “


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १४:२४ मा प्रकाशित ३६९१ पाठक संख्या

काठमाण्डौ। नेपाल मजदूर किसान पार्टिका सांसद प्रेम सुवालले संसदमा प्रधानमन्त्रीलाई बिश्वासको मत दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री पद खानैको लागि मात्र गठबन्धन गरेको भन्दै असमान सन्धिहरु खारेजी गर्नुपर्ने , शिक्षा निशुल्क हुनुपर्ने , युवालाई देशमै रोजगारी मिल्नुपर्ने तथा एमसिसि जस्तो राष्ट्रघाती सम्झौता खारेज हुनुपर्ने माग गरे।


नेपालको विमानस्थल दुरुपयोग गरि सुन तस्करी लगायत अपराध गर्ने तथा राज्य विरुद्ध अपराध गर्नेहरुलाई मृत्युदण्डको सजायँ हुनुपर्ने माग गरे। सरकार भ्रस्टाचार नियन्त्रण गर्नेतर्फ भन्दा पनि त्यसलाई संस्थागत गर्नेतर्फ लागेको तथा संघियता भनिएपनि सबै राजधानी केन्द्रीकरण भई झनै राजधानिमै भिड बढेको भन्दै राजधानी दाङ्गमा सार्न पनि सुझाव दिए।

गुठि जग्गा संरक्षण गर्नुपर्ने , भारत अतिक्रमित ६० हजार हेक्टर भन्दा बढि जमिन फिर्ता हुनुपर्ने , सिमामा कडाई हुनुपर्ने , भारतीय हस्तक्षेप बन्द हुनुपर्ने लगायतका माग उनले संसदमा राखे।

अस्वस्थकर चिजहरुको बिज्ञापन , प्रचार-प्रसार बन्द गर्ने माग राख्दै सुन तस्करी गर्ने काममा अर्थमन्त्री नै समावेश भन्ने समाचार थाहा छ कि छैन प्रधानमन्त्रीलाई ? भन्दै प्रधानमन्त्रीमाथि प्रश्न तेर्स्याए ।

यस्ता अपराधमा संलग्न व्यक्तिहरु समावेश भएको सरकारलाई बिश्वासको मत दिन नसक्ने बताउँदै आफ्नो दल सरकार बनाउने र गिराउने खेलमा संलग्न नहुने बताए ।