FLASH NEWS

प्रचण्डले संसदमा भने , ” फाईदा हुन्छ भने जो संग पनि मिल्ने हो। “


नेपाल आवाज ३० फाल्गुन २०८०, बुधबार १५:०४ मा प्रकाशित ४६५७ पाठक संख्या

काठमाण्डौ। संसदमा बिश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले फाइदा हुने हो भने जो संग पनि मिल्ने हो भनेका छन्। उनले कांग्रेस र एमाले मिल्छन् भनेर आफू नडराउने बताए। आफू कसैका दबाबले नडराउने तथा आफू कमजोर नरहेको बताउँदै कांग्रेस र एमाले मिलेमा आफू विपक्षमा बस्ने जिकिर गरे।


विवादित व्यक्तिलाई गृहमन्त्री बनाईएको भनेर कांग्रेसले सोधेको प्रश्नमा प्रधानमन्त्रीले उत्तर दिए , ” आफू चाहिं विवादित व्यक्तिलाई प्रधानमन्त्री बनाउन जाने अनि हामीले गृहमन्त्री बनायो भन्ने ? ”

पूरानो गठबन्धन दिन काट्ने उपाय मात्र रहेको जस्तो आफूले देखेको कारण नयाँ गठबन्धन बनाएको भन्दै संसदमा आफूमाथि सोधिएको प्रश्नहरुका उत्तर प्रधानमन्त्रीले दिएका छन्।